१४ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

बझाङमा काङ्ग्रेस नेता चढेको जिप शनिबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काङ्ग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवारका सदस्य चढेको जिप राति १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर बझाङको सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ । जिपमा सवार अरु तीन जना घाइते भएका छन् ।

देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि घाइतेहरुलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । सुर्माबाट धनगढीतर्फ गइरहेको प्र ०१–००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका – ४ देउलेख बजारनजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिपमा तीन जना महिला र छ जना पुरुष गरेर नौ जना सवार थिए । घटनास्थलको सञ्चार सम्पर्क कमजोर भएकाले घटनाको विस्तृत विवरण प्राप्त हुन सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]