२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

पाल्पा – बगनासकाली गाउँपालिका–८, घिमिरेडाँडाका ८ वर्षीय बालक शशी घिमिरेको डुबेर मृत्यु भएको छ । घर नजिकै खोल्साको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँच दिनअघिदेखि हराएका बालकको खोजतलास गर्ने क्रममा घर नजिकै खोल्साको पानीमा डुबेर मृत अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बीरन्द्र थापाले जानकारी दिए ।

घरदेखि १ हजार ५ सय मिटर टाढा पर्ने खोल्सीको पानीमा डुबेको अवस्थामा बालक फेला परेको उनले बताए ।

यसैगरी रामपुर नगरपालिका–५, बेझाँड खेतमा स्कुटरको ठक्करबाट ५ वर्षीय बालिका उर्वसी बयम्बु गम्भीर घाइते भएकी छन् ।रामपुरको बेझाँड बजार नजिकै लु ५७ प ४८७४ नम्बरको स्कुटरले ठक्कर दिँदा पूर्वखोला गाउँपालिका–१, सिलुवा घर भइ रामपुर रानाटोल बस्ने बयम्बु घाइते भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कुटरका चालक निस्दी गाउँपालिका–५, गल्धाका हिमाल बाह्रघरे पनि घाइते भएका छन् । चालक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]