१४ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

एजेन्सी – अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो । प्रहरीका अनुसार घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ ।

प्रज्वल वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन् । गायक विष्टका अनुसार आफ्नो गाडीमा रातो बत्तीमा बसी रहेको समयमा अर्को गाडीले ठक्कर दिए पछि उनको ज्यान गएको हो । उक्त घटना गत बिहीबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो । विष्टले मृत आत्माको चीर शान्तिको कामना सहित परिवार प्रति समवेदना प्रकट गरेका छन् । मृतककी आमाको नाम मुना विष्ट हो भने हाल उनी नेपालमा बसोबास गर्ने र बाबु अनन्त विक्रम विष्ट १५ वर्षदेखि अमेरिकामै रहेको गायक विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]