१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन् ।

नेपाल जाईका अलमुनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताए ।

उनले जापानले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको पनि प्रशंसा गरे । भूकम्प गएको बेला होस् वा कोभिड–१९ महामारीका बेला जापानले नेपालमा ठूलो मानवीय सहयोग गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि सरकारका तर्फबाट धन्यवाद समेत दिए ।

मन्त्री खड्काले जापानले नेपाललाई विना शर्त सहयोग गर्दै आएको पनि स्मरण गरे । उनले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको पनि बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]