१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

काठमाडौंं – पर्यटकीय क्षेत्रमा चहलपहल बढेसँगै हिमाल आरोहण गर्नेहरुको संख्यामा पनि वृद्धि हुन थालेको छ । पर्यटन विभागको तथ्याङ्क अनुसार जनवरी १ देखि अप्रिल १३ सम्ममा ६८९ जनाले पर्वतारोहण गरेका छन् । पर्वतारोहणका लागि अनुमति लिनेहरुमा अधिकांश पुरुषहरु रहेका छन् भने महिलाको तथ्याङ्क न्यून छ ।

कुल अनुमति लिएकामध्ये ७८ प्रतिशत अर्थात ५३८ जना पुरुष र २२ प्रतिशत अर्थात १५१ जना महिला रहेको विभागको तथ्याङ्क छ । विभागका अनुसार वसन्त ऋतुका लागि नेपालका हिमाल आरोहणका लागि ६८९ जना पर्यटकहरुले अनुमति लिएका छन् । अनुमति लिने देशका नागरिकहरुमध्ये अमेरिकन नागरिक सबैभन्दा उच्च रहेको छ ।

यो सिजनका लागि पछिल्लो साढे ३ महिनामा ११४ जना अमेरिकी नागरिकले हिमाल आरोहण गर्नका लागि अनुमति लिएका छन् । जसमा ९१ जना पुरुष र २३ जना महिला रहेका छन् । त्यसैगरी बेलायतबाट ४९ जना पुरुष र १० जना महिला सहित ५९ जनाले हिमाल चढ्नका लागि अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा नेपाली नागरिक तेस्रो स्थानमा रहेका छन् ।

यस अवधिमा ४६ पुरुष र ९ जना महिला गरी ५५ जनाले अनुमति लिएका छन् । भारत र फ्रान्स क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन् । यस अवधिमा भारतबाट ३९ जना पुरुष र १३ जना महिला गरी कुल ५२ जनाले अनुमति लिएका छन् भने फ्रान्सका ३७ जना पुरुष र ६ जना महिला गरी कुल ४३ जनाले अनुमति लिएका छन् ।

साढे ३ महिनाको अवधिमा क्यानडाबाट २६ जना, रुसबाट २५ जना, अष्ट्रेलियाबाट २३ जना, स्पेनबाट २१ जना, चीन र इरानबाट समान १७ जना, अष्ट्रिया र जर्मनीबाट समान १६ जना, नेदरल्याण्ड १४ जना, नर्वे १२ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।

यसैगरी ब्राजिल, आयरल्याण्ड, जापान रोमानिया र दक्षिण कोरियाबाट ९र९ जना तथा मेक्सिको, पोल्याण्ड, स्वीजरल्याण्डका ८र८ जना पर्यटकले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।

जनवरीदेखि अप्रिल १३ तारिखसम्म इक्वेडर, जर्जीया, इजरायल, इटाली, स्वीडेननबाट ६र६ जना, दक्षिण अफ्रिकाबाट ५ जना, अर्जेन्टिना, बेल्जियम, फिनल्याण्ड, केन्या, मंगोलियाबाट ४र४ जना तथा हंगेरी, मलेसिया, पाकिस्तान, पेरु, कतार, स्लोभाकियाबाट ३र३ जनाले हिमाल आरोहणको अनुमति लिएका छन् ।

यस्तै ब्लूगेरिया, चिली, चेक रिपब्लिक, डेनमार्क, ग्रीस, होन्डुरस, काजकिस्तान, मोरक्को, रिपब्लिक अफ मासेडोनियाबाट २र२ जनाले हिमालय आरोहण गरेका छन् ।

यस अवधिमा न्यूजल्याण्ड, हङकङ, इराक, भियतनाम, उरुग्वे, युक्रेन, थाइल्याण्ड, स्वीजरल्याण्ड, ओमन, ब्रिटेन, एन्डोरा, क्रोएशिया, इजिप्ट, एलसाल्भाडोर, लिथुनिया, रिपब्लिक अफ कोसोभो, क्रिगिस्थान, साउदी अरेबिया र ताइवान गरी १९ देशबाट १।१ जनाले हिमाल आरोहणको अनुमति पाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]