१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

काठमाडौं – बिहीबारबाट एक साथ नेपाली फिल्म हलमा प्रदर्शनमा आएका दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ र नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले प्रदर्शनको सुरुआतमा सुःखद् ओपनिङ गरेका छन्।

नेपालमा ‘केजिएफ २’को वितरण गरिरहेको ‘ए ऐट फिल्म्स’काअनुसार फिल्मले पहिलो दिनमा झण्डै तीन करोड नेपाली रुपैयाँको आम्दानी गरेको छ। प्रि–बुकिङमार्फत् नै फिल्मप्रति बढेको क्रेजसँगै थुप्रै शोहरु पनि बढाइएका थिए। उपत्यकाका विभिन्न हलमा फिल्मलाई बिहान १ बजेदेखि प्रदर्शन गरिएको थियो।

प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्म २०१८ मा प्रदर्शनमा आएको ‘केजिएफ च्याप्टर १’को सिक्वेल हो। फिल्ममा यशको मुख्य भूमिका रहेको छ भने सञ्जय दत्त, रविना टण्डनजस्ता कलाकारको पनि अभिनय छ। नेपालमा बढ्दै गएको दक्षिण भारतीय क्रेजलाई यो फिल्मले थप विस्तार गर्दै पहिलो दिनमै तीन करोड रुपैयाँको आम्दानी गरेको छ।

अर्कातिर, दक्षिण भारतीय फिल्मको दबदबाका बीच प्रदर्शन गरिएको ‘ए मेरो हजुर ४’ले पनि व्यवसायिक रुपमा सफल आम्दानी गरेको फिल्मका निर्माण पक्ष र वितरकको दाबी छ। सुरुआतमा सिमित संख्यामा शोहरु दिइएको फिल्मलाई प्रदर्शन पछि केही ठाउँमा शो पनि बढाइएको निर्माण पक्षले जनाएको छ।

‘ए मेरो हजुर ४’को निर्माण पक्षले दाबी गरेअनुसार फिल्मले पहिलो दिनको प्रदर्शनबाट ८० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ। फिल्मको निर्माण पक्षको दाबीअनुसार दक्षिण भारतीय फिल्मसँग जुँधेर प्रदर्शन गरिएपनि फिल्मले सन्तोषजनक व्यापार गरेको छ।

‘ए मेरो हजुर ४’ झरना थापाको निर्देशनमा बनेको फिल्म हो। फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]