०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

काठमाडौँ – बहुप्रतिक्षित नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले पहिलो दिन बम्पर ओपनिङ् गरेको वितरकले बताएका छन् । वितरण कम्पनी काफिया फिल्म्सका गोविन्द शाहीले दिएको रिपोर्ट अनुसार यो फिल्मले नयाँ बर्षको दिन देशभरबाट असी लाख ग्रस कलेक्शन गरेको हो ।

दक्षिण भारतिय फिल्म ‘केजीएफ २’को दबदबाकाबीच असी लाखको ग्रस कलेक्शनलाई बम्पर मान्न सकिन्छ । वितरकका अनुसार देशैभर शो टाइम पनि थप भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ४३ लाख माथिको कलेक्शन रहेको शाहीले बताए ।

‘केजीएफ २’लाई मारामार शोहरु दिएका फिल्म हलहरुले ‘ए मेरो हजुर ४’लाई सौतेनी व्यवहार गरेका थिए । नेपाली फिल्मलाई अत्याधिक थोरै शोटाइन दिने तर विदेशी फिल्मलाई भने गैरकानुनी रुपमा मध्यराती देखि नै टिकट दर समेत नराखी ‘केजीएफ २’ चलाएपछि काठमाडौंका केहि हलहरुलाई चलचित्र विकास बोर्डले कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

झरना थापाले निर्देशित ‘ए मेरो हजुर ४’ का अनमोल केसी र सुहाना थापाको जोडी हिट छ । अनमोल र सुहाना सहित सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतले यो फिल्ममा अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]