
बाँके – बाँकेमा आगलागीबाट ११ घर र ४ गोठ जलेर नष्ट भएका छन्। राप्ती सोनारी गाउँपालिका वडा नं. २ टिकुलीपुर नयाँ बस्तीमा आगलागीबाट १५ घर/गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए।

आगलागीबाट ९७ लाख बराबरको धनमाल जलेर नष्ट भएको मल्लले बताए। जसमध्ये स्थानीय सीताराम जैसीको मात्रै झन्डै ५० लाख बराबरको क्षति भएको छ। उनको पसल, नगद र सुनका गरगहनासमेत जल्न पुग्दा ५० लाख बराबरको क्षति भएको डिएसपी मल्ले जानकारी दिए।
शुक्रबार दिउँसो दुई बजेतिर बस्तीमा आगलागी सुरू भएको थियो।

आगो नियन्त्रणमा लिन कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिकाका दमकल, स्थानीय र प्रहरीलाई तीन घन्टा बढी समय लागेको डिएसपी मल्ले बताए।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

अधिकांश घरमा काठको गारा भए पनि फुसको छानो भएका कारण आगो समयमै नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ।