
काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९७५ नयाँ संक्रमित भेटिएका छन्। यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ४ करोड ३० लाख नाघेको छ।
यस्तै, संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ४ को मृत्यु भएको परिवार समाज कल्याण मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए भने ६ जनाको मृत्यु भएको थियो।
भारतमा कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युको आँकडा ५ लाख २१ हजार नाघेको छ।