०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

विराटनगर – कागजलगायतका आवश्यक वस्तुमा अत्यधिक मूल्य वृद्धि हुँदा त्यसको असर मुद्रण उद्योगमा देखिएको छ । भारत तथा तेस्रो मूलुकबाट पैठारी हुने सबै प्रकारका कागजमा पछिल्लो एक महिनायता दैनिकजस्तो मूल्य वृद्धि हुँदै गएपछि उद्योगीले चिन्ता व्यक्त गरका छन् । विद्यालयका पुस्तकका लागि प्रयोग हुने म्यापलिथो एक महिनायता प्रतिकेजी ८६ रुपियाँबाट १०२ रुपियाँ पुगेको छ । यसैगरी प्रतिकेजी १५० रुपियाँमा खरिद हुँदै आएको आर्टबोर्ड पेपरको मूल्य २४० रुपियाँ पुगेको छ । यो कागज क्यालेन्डर तथा कार्ड छपाइमा प्रयोग हुन्छ । यसैगरी न्युज प्रिन्टको मूल्य ८४ रुपियाँ प्रतिकेजीबाट १०५ रुपियाँ पुगेको छ ।

भारत तथा तेस्रो मुलुकबाट कागजजन्य वस्तुको पैठारीकर्ता विराटनगरस्थित ओरियन्ट सप्लायर्सका ज्योति साबुका अनुसार तेस्रो मूलुकबाट प्रतिटन ६४० रुपियाँमा खरिद हुँदै आएका कागज अहिले एक हजार २१५ पुगेको छ । यो कोलकातास्थित सीआईएफको मूल्य हो । त्यहाँबाट प्रतिकेजी आठ रुपियाँ ढुवानी बुझाएर आयात गरिने कागजको मूल्य नेपालमा स्वतः बढ्न गएको साबुले बताउनुभयो ।

नेपालमा भारत तथा तेस्रो मुलुकबाट किताब छाप्ने म्यापलिथो, क्यालेन्डर छाप्ने आर्थपेपर, किताबको कभरका रूपमा प्रयोग हुने आर्ट बोर्डर, पत्रपत्रिका छाप्न न्युज प्रिन्ट र मिडिया पेपर आयात हुँदै आएको छ । विराटनगरस्थित कृष्णा ट्रेडर्सका हेमन्त बोहराले भारत तथा तेस्रो मुलुकबाट आयात हुने कागजको मूल्य उत्पादक देशमै बढेको छ । त्यसको असरका रूपमा नेपालमा अझै बढ्ने सम्भवना छ । नेपाल राष्ट्र बैङ्कले प्रतीतपत्र ९एलसी० खोल्न कडाई गरेसँगै मुद्रण उद्योगका आवश्यक सबै प्रकारका वस्तुको अभाव हुने देखिने चिन्ता मुद्रण उद्योगीमा छ ।

नेपाल मुद्रण उद्योग महासङ्घ प्रदेश १ का अध्यक्ष लवकुमार घिमिरेका अनुसार एलसी खोल्न कडाइ गरिएसँगै पहिला आयात गरिएको सामानमा समेत कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाइएको छ । मुद्रण उद्योगसँग सम्बन्धित कागज, मसीलगायतका आवश्यक वस्तु बजारमा अभाव भइसकेको छ । मुद्रण उद्योगले आफ्नो छपाइ क्षमतासमेत ४० प्रतिशतले कटाएको अध्यक्ष घिमिरेको भनाइ छ ।

नेपालमा उत्पादन नहुने र आयातकै भर पर्नुपर्ने मुद्रण उद्योगसँग सम्बन्धित कच्चापदार्थको अभाव देखिए धेरैको रोजगारी गुम्ने मोरङका अध्यक्ष सुभास कार्कीले बताउनुभयो । पैठारीकर्ताले भारत तथा तेस्रो मुलुकबाट झिकाउने कागजमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर बुझाउनुपर्छ । ढुवानी तथा भन्सार जाँचका सबै प्रक्रिया पूरा गर्दा सबै प्रकारका कागजको मूल्य गत वर्षको भन्दा ३० प्रतिशतले वृद्धि भइसकेको आयातकर्ताहरूको दाबी छ ।

नेपालमा उत्पादन हुने कागजले सबै प्रकारका काम टार्न सक्दैन जसका कारण आयात गरेर ल्याउनुपर्ने कागज तथा मसी अभाव भए त्यसको असर धेरै क्षेत्रलाई पर्नसक्ने मुद्रण उद्योगीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]