१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

सप्तरी – सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामीको परिवार बिच्चलीमा भएको छ । सरकारले हात्ती पाइले रोगविरूद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका–७ का ५० वर्षीय शिवकुमार मण्डल यस रोगबाट पीडित छन् ।

सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले रोगबाट थलिएपछि परिवार विचल्लीमा परेको छ ।

उनी पूर्ण अशक्त छन्। परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, झपाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो ।विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चलाउन छोडेको पनि चार वर्ष भइसकेको छ। उपचार गर्न र परिवार पाल्नै गाह्रो भएको छ ।

केही दिनदेखि सुन्निएको ठाउँ फुटने र पानी बग्ने हुन थालेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा १५ दिन उपचार गर्ने क्रममा २५ हजार खर्चेको श्रीमती गंगादेवी मण्डलले बताइन् । उनले भनिन, झऋण लिएर २५ हजार खर्च गरेर उपचार गरेँ ।

निको भएन । डाक्टरले यहाँ हुन सक्दैन धरान लागुपर्छ भनेको छ । तर, पैसा नभएर लैजान नसक्दा बिरामीलाई घरमै राख्न बाध्य हुनुपरेको छ ।

मण्डल एक ठाउँबाट अर्को ठाउँमा जान नसक्दा दिनभरि उनकै स्याहारसुसारमा आफु पनि व्यस्त हुँदै आएको दुखेसो पोख्दै गंगाले थपिन्,झ म पनि कुनै काम गरौँ भने बिरामीलाई छोडेर जाने अवस्था छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]