३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

हुम्ला – हु्म्लामा दुुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतमा निजी तथा नेपाल एयरलाइन्सका जहाज नभएपछि हवाई सेवा अवरुद्ध भएको हो ।

नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका प्रमुुख मोहन गिरीले दुुई दिनयता हुुम्लाका लागि कुनै पनि उडान हुन नसकेको बताउनुुभयो । उहाँका अनुुसार मौसम सफा भए पनि नेपालगञ्जमा कुुनै विमान नहुँदा हुुम्लामा उडान हुुन नपाएको हो । गत बिहीबार सीता र समिट एयरले केही उडान गरे पनि त्यसयता कुुनै पनि उडान हुुन सकेको छैन ।

सोही दिन हुुम्लाका लागि उडान गरेपछि ती विमान काठमाडौँ फिर्ता भएका थिए । यसरी उडान नभए पछि नेपालगञ्जका यात्रुु मर्कामा परेका छन् भने सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिनुुपरेको छ ।

केही समयअघिसम्म नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले समेत उडान गर्न छोडेको छ । उपभोक्ता टेकबहादुर रोकायाले केही समययता उडान नियमित नहुुँदा दैनिक उपभोग्य सामानको मूल्य आकाशिएको र अभास हुन थालेको बताउनुुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न भने हेलिकप्टरबाट नियमित रूपमा ढुवानी भइरहेको छ । खाद्य कम्पनीका हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यका अनुसार नेपालगञ्ज र सुर्खेतबाट गाडीमा सर्केगार्ड गाउँपालिका–१, खच्चासम्म ढुवानी हुने र त्यताबाट माउन्टेन एयरको हेलिकप्टरले दैनिक ढुवानी गरिरहेको छ । यसका लागि सो एयरलाइन्सको हेलिकप्टर सिमकोट विमानस्थलमा नाइट स्टेमा रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]