२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

सप्तरी – डोल्पाको जिल्ला अस्पतालमा आउने बिरामीले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन्।

अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेजटर चलाउने बजेट अस्पतालसँग छैन। विद्युत भार थाम्न नसक्ने भन्दै नेपाल विद्युत प्राविकरणले अस्पतालमा आउले लाइन लोडसेडिङको सूचीमा राखेको छ।

१६ घण्टासम्म लोडसेडिङक हुँदा अस्पतालको काममा बाधा भएको अस्पतालका मेडिकल अधिकृत अखण्ड उपाध्यायले बताए। दैनिक आउने बिरामीलाई रात्रीकालीन अवस्थामा टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

अस्पतालमा उपचार गराइरहेकी कालि विकले भनिन, ‘रातीभर अध्यरोमा बसेँ। डर पनि लाग्यो।’ अर्की उमकुमारी शाहीको पीडा पनि कम छैन। उनको बच्चालाइ अक्सिजन दिनुपर्ने थियो तर विद्युत नहुँदा अक्सिजन दिन नपाएको बताइन्।

स्थानीय जैसीगाड जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युतले ठुलीभेरी नगरपालिकाको साथै त्रिपुरासुन्दरी नगरपालिका भित्रसमेत विद्युत आपूर्ती हुँदै आएको छ। दुई वटा जेनेरेटरमध्ये १ वटा मात्र मेसिन सञ्चालनमा आएका कारण विद्युत उत्पादन पुरै हुन नसकेको हो।

केन्द्रीय लाइन डोल्पामा पुग्न सकेको छैन। डोल्पामा विद्युत पुर्याउनका लागि दुइ वर्षअघि भएको ठेक्कासमेत निर्माण व्यवसायीले काम नगर्दा अलपत्र पर्दै आएको छ।

महिनैपिच्छे समस्य आउने यहाँको विद्युतले स्थानीयबासीहरु हैरान भएको बताएका छन्। अस्पतालले मागेको समयमा मात्र विद्युत आपूर्ती गरिरहेको कार्यालय प्रमुख नारायणप्रसाद कर्णले बताए। १५ शैय्याको जिल्ला अस्पतलामा समस्यले गाजिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]