२४ मंसिर २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

एजेन्सी – ट्वीटरले आफूलाई इलन मस्कबाट जोगाउनका लागि आफूलाई एकजुट रुपमा प्रस्तुत गरेको छ। मस्कले गरेको ‘होस्टाइल टेकओभर’ (शत्रुतापूर्ण अधिग्रहण) को प्रयासविरुद्ध ट्वीटरको बोर्ड एकजुट भएको हो ।

मस्कले बिहीबार सामाजिक सञ्जाल ट्वीटर ४३ बिलियन अमेरिकी डलरमा खरिद गर्ने प्रस्ताव गरेका थिए । मस्कलाई रोक्नका लागि ट्वीटरले ‘सीमित अवधिका शेयरधनी अधिकार योजना’ का रुपमा नयाँ नियम ल्याएको छ ।

‘पोइजन पिल’ का रुपमा पनि चिनिने सो नियम अनुसार कुनै पनि व्यक्तिले संस्थाको १५ प्रतिशत भन्दा बढी शेयर खरिद गर्न पाउने छैनन् । अरु खरिद कर्तालाई छुटमा शेयर किन्न दिएर यस्तो गरिने छ ।

ट्वीटरको बोर्डले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनलाई आफ्नो बारे बिस्तारमा बताएको छ । मस्कबाट भएको अवान्छित, गैर–बाध्यकारी अधिग्रहण प्रस्तावका कारण आफूहरुले नयाँ नियम लागु गर्नु परेको ट्वीटरले वक्तव्यमा उल्लेख गरेको छ ।

कुनै एक कम्पनीले अर्को कम्पनीको व्यवस्थापन (ट्वीटरको सवालमा कार्यकारी बोर्ड) को इच्छा विपरित अधिग्रहको प्रयास गरेमा त्यसलाई शत्रुतापूर्ण अधिग्रहण भन्ने गरिन्छ ।

होस्टाइल टेकओभर रोक्नका लागि पोइजन पिल अन्तिम अस्त्रका रुपमा लिने गरिएको छ । ट्वीटरको पोइजन पिल आउँदो वर्षको अप्रिल १४ सम्म कायम रहने छ ।

यसअघि ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवालले मस्कको प्रस्तावबाट कम्पनी ‘होस्टेज’ नहुने बताएका थिए ।

मस्कले भने आफूसँग वैकल्पिक योजना (प्लान बी) रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]