१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

सप्तरी – अबका केही दिन पानी नपर्ने मौसमविद्ले बताएका छन् । पानी नपर्दा न्यूनतम र अधिकतम तापक्रम बढेको छ ।

यो हप्ता केही दिन मौसम धुम्मिएर हिजोदेखि खुलेको छ । मौसम खुलेर बिहानदेखि घाम चर्कन थालेपछि दिउँसो गर्मी निक्कै बढ्न थालेको छ । हिजो भैरहवाको तापक्रम ४० दशमलव ७ डिग्री सेल्सियससम्म पुगेको थियो ।

यस्तै, धनगढीको ३९ डिग्री सेल्सियस, सिमरा र विराटनगरको ३८ दशमलव ५, घोराहीको ३५ दशमलव ५, र काठमाण्डौको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको छ । अझै केही दिन राम्ररी पानी पर्ने सम्भावना नभएकाले देशभरको तापक्रम यस्तै रहने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रि–मनसुनको समयमा बेलुकातिर देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना भने रहन्छ । आज पनि देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित छिटफुट पानी पर्ने सम्भावना छ ।

आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश-१ का थोरै ठाउँमा मात्रै छिटफुट पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । बाँकी ठाउँको मौसम भने सफा नै रहने मौसमविद्को अनुमान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]