१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ०२, २०७९

काठमाडौं – मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएपछि अमेरिकाले नेपाललाई दिने अनुदान सहयोग ह्वात्तै बढाएको छ। निकै विवादपछि एमसीसी प्रक्रिया अघि बढेपछि अमेरिकाले नेपाललाई दिँदै आएको अनुदान बढाएको हो।

मन्त्रिपरिषद्‍को गत बुधबारको बैठकले अनुदान स्वीकृत गर्ने निर्णय समेत गरिसकेको छ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) को ६५९ मिलियन बराबरको अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान स्वीकार गरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

यस्तै, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकन डलर (१८ अर्ब) सहुलियत ऋण पनि सरकारले स्वीकार गरेको छ। दुवै गरेर सरकारले १ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक ऋण र अनुदान स्वीकृत गरेको हो।

विदेशी विनिमय सञ्चितिमा परेको चापबिच आएको अनुदान रकमले सरकारलाई सहज पुग्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]