२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०१, २०७९

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ मा एउटा पिकअप भेनभित्र ठुलो परिणाममा लागुऔषध गाँजा र अदुवा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को १ च ५३१८ नम्बरको पिकअपबाट एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निलो त्रिपालले छोपेको पिकअपभित्र गाँजा र अदुवा फेला परेको हो ।

नेपालबाट भारततिर जाँदै गरेको अवस्थामा प्रहरीले राति १० बजेतिर रोकेर चेकजाँच गर्न खोज्दा पिकअप छाडेर चालक फरार भएका थिए । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले फरार रहेका चालकको खोजी तीव्र पारिएको जानकारी दिए । उनका अनुसार पिकअप धनीको पनि पहिचान खुलेको छैन ।

‘बोराभित्र हालेर सबैभन्दा तल गाँजा र अदुवा राख्दै माथिबाट धानको भुसले छोपेको अवस्थामा पिकअपलाई नियन्त्रणमा लिइएको हो,’ एसपी कोइरालाले भने, ‘गाँजा र अदुवासँगै ४५ किलो धानको भुस पनि बरामद गरिएको छ ।’ प्रहरीले भने तस्करी गरेर गाँजा र अदुवा भारततिर लैजान खोजिएको हुनसक्ने अनुमान गरेको छ । कोइरालाले यस विषयमा गम्भीर ढङ्गले अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

नेपालका पहाडी जिल्लामा उत्पादन हुने लागुऔषध गाँजा लुकाईछिपाई भारततिर तस्करी हुने गरेको छ । नेपालमा भन्दा महँगो मूल्य पर्ने भएपछि गाँजा भारततिर तस्करी हुने गरेको प्रहरीको भनाइ छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]