३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०१, २०७९

सप्तरी — बुधबार रातिको हावाहुरीले ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोप सिंहेश्वरी माध्यमिक विद्यालयको छाना उडाउनुका साथै माथिल्लोे तला भत्काइदिएको छ ।हुरीले ताप्लेजुङमा विद्यालयको छाना उडायोको छ ।

विदेशी संस्था एचपीएफ नेपालको ७५ र विद्यालयको २५ प्रतिशत साझेदारी गरी १ करोड ५० लाखमा बनेको नयाँ भवन र यसअघि नै स्थानीय सरकारबाट ५० लाखमा बनेको पुरानो भवनको छाना उडाउनुका साथै तला भत्काएको शिक्षक देवीका भण्डारीले जानकारी दिइन् ।

उक्त विद्यालयको वैशाख २ गते बिहीबार उद्घाटन गर्ने तयारी रहेको थियो । उद्घाटनका लागि भवन निर्माणका लागि सहयोग गर्ने दाता डेनमार्कबाट नेपाल आइसकेका छन् । बिहीबार विद्यालयमा पुग्ने र शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । हावाहुरीले १० लाख बढीको क्षति भएको प्रधानाध्यापक इन्द्र बुढाथोकीले बताए ।

विद्यालय नजिकै रहेको मिल लगायतका घरका धुरीमासमेत क्षति पुगेको छ । वर्षा सँगै राति अधिक हावा चलेको थियो । तर छोटो समयमात्रै चलेकाले ठूलो मात्रामा क्षति हुन नपाएको स्थानीयले बताएका छन् । जिल्लामा केही दिनयता बेलुकीपख लगातार हावा हुरी चल्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]