१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०१, २०७९
Sorry No Photo is selected hare

सुनसरीको दुहवीमा दुर्घटना हुँदा नेपाल प्रहरीका एक जना हवल्दारको मृत्यु भएको छ ।

कोसी लोकमार्गअन्तर्गत दुहवी नगरपालिका–८ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १ क ८८१७ नम्बरको मिनी ट्रकले को ३६ प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । मिनी ट्रकले प्रहरी सहायक निरीक्षक (असइ) सनम राजवंशीले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बुधबार दिउँसो भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका हवल्दार मण्डलको उपचारका क्रममा विराटनगरको आर्या न्यूरो अस्पतालमा आज (बिहीबार) बिहान ४ बजेतिर मृत्यु भएको हो । मण्डल सिआरभी पोस्ट् सोनापुरमा कार्यरत थिए ।

दुर्घटनामा सिआरभी सोनापुरमा कार्यरत असइ राजवंशी पनि सामान्य घाइते भएका छन् । असइ राजवंशी र हवल्दार मण्डल ड्युटीमा खटिएका बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक विराटनगर बस्ने ३२ वर्षीय सुजन थापा फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै मोरङको रतुवामाई नगरपालिका–२ डोरियामा गहुँ माड्ने मोसिक कम्पाइनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । स्थानीय प्रवेश राजवंशीको गहुँबारीमा गहुँ माड्दै गर्दा पछाडि सार्ने क्रममा को २ त ९७४४ नम्बरको मेसिनले ठक्कर दिँदा ६५ वर्षीय लेप्का मियानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गहुँको भुस उठाउँदै गरेको अवस्थामा व्याक सार्ने क्रममा मियानीलाई मेसिनले बुधबार दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि रङ्गेली अस्पताल पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै फरार बनेका मेसिन चालकको खोजी प्रहरीले गरिरहेको छ । मेसिन नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]