१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ३०, २०७८
Sorry No Photo is selected hare

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुरस्थित सिद्दीचरण राजमार्गमा सवारी दुर्घटना हुँदा तीन जना प्रहरी कर्मचारीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बुधबार बिहान साँढे ८ बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय बिराटनगर आउँदै गरेको बा.१७ च १०९४ को डबल क्याप बोलेरो गाडी सडकबाट १५० मिटर तल झरी दुर्घटना भएको थियो ।

सो दुर्घटनामा बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको र प्रहरी जवान रूपन विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडाैँमा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लीलाप्रसाद खनाललाई स्थानीय मेडिकलमा उपचारपश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाैँ लगिएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरी नायव निरीक्षक धनराज खतिवडा स्थानीय मेडिकलमा उपचारपश्चात डिस्चार्ज भएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]