१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ३०, २०७८

एजेन्सी – कोभिड-१९ लकडाउनको समयमा आयोजना गरिएको पाटीलाई लिएर बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अर्थमन्त्री ऋषी सुनकलाई जरिवाना गरिने भएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका प्रवत्ताले भनिन्, ‘ प्रधानमन्त्री र अर्थमन्त्रीलाई महानगरीय प्रहरीले निश्चित जरिवानाको सूचना जारी गर्न लागेको छ ।’

उनीहरूलाई कति जरिवाना गर्न लागिएको हो भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन् । बेलायतमा कोभिड महामारीका कारण सरकारले तेस्रो लकडाउन गरेर सर्वसाधारणलाई घरभित्रै बस्न बाध्य पारिरहेका बेला डाउनिङ स्ट्रिट र क्याबिनेट कार्यलयमा १२ ओटा जमघट आयोजना भएका थिए ।

‘रक्सी’ पाटीको बेलायत र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका मुख्य समाचारका विषय बनेका थिए । सोही विषयलाई लिएर प्रधानमन्त्रीमाथि राजीनामा दिन चौतर्फी दबाब परेको थियो ।

कोभिड पीडितका परिवारलेसमेत प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए । ‘बोरिस जोनसन र ऋषि सुनकले कानून तोडेका छन् र बेलायती जनतालाई पटक पटक झूट बोलेका छन्’ विपक्षी लेबर पाटीका नेता केयर स्टाररले ट्वीट गरे, ‘उनीहरूले राजीनामा दिनुपर्छ । कन्जरभेटिभ पाटी सत्ता चलाउन पूर्णरुपमा अयोग्य छ । बेलायत अझ राम्रो हकदार छ ।’

यसैबीच, महानगरीय प्रहरीले भनेको छ, ‘ह्वाइटहल र डाउनिङ स्ट्रिटमा कोभिड–१९ नियम उल्लंघन गरेको आरोपको अनुसन्धान जारी छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]