
जपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्बर १, रातमाटेमा भरुवा बन्दुक चलाउँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मङ्गलबार बेलुका साढे ५ बजेतिर ४७ वर्षीय सूर्यबहादुर खत्रीले छिमेकीको गोठमा गई भरुवा बन्दुक चलाउँदा आफ्नै पेटमा लागी घाइते भएको भन्दै स्थानीयले प्रहरी चौकी प्याउलीमा खबर गरेका थिए ।
प्रहरी टोली गई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगिएकोमा खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटाइएको र थप अनुसन्धान भइरहेको भोजपुर प्रहरीले जनाएको छ ।