३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ३०, २०७८

सप्तरी – नेकपा एकीकृत समाजवादी पार्टीले आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बझाङका चार पालिकामा दाबी गरेको छ । समाजवादीले बझाङमा दुई नगरपालिकासहित चार स्थानीय तह प्रमुखमा दाबी गरेको हो ।

जिल्लामा १२ स्थानीय तह छन् । गठबन्धनमा चुनावमा जाने केन्द्रीय निणर्यपछि नेकपा एसले बझाङका चार पालिकामा आफ्नो दाबी गर्दै आएको छ । समाजवादीले जिल्लाको सदरमुकामसमेत रहेको जयपृथ्वी र बुंगल नगरपालिकामा आफूले प्रमुखको जिम्मेवारी पाउनुपर्ने बताउँदै आएको हो । साथै, उसले केदारस्यूँ र छबिसपाथिभेरा गाउँपालिका प्रमुख पनि पाउनुपर्ने माग राख्दै आएको छ ।

जयपृथ्वी नगरपालिका, केदारस्यूँ र छबिसपाथिभेरा गाउँपालिकामा अघिल्लो निर्वाचनमा एमालेले जितेको थियो । एमाले टुक्रिएपछि भने केदारस्यूँ र छबिसपाथिभेरा गाउँपालिकाको नेतृत्व समाजवादीले गरिरहेको छ ।

बुंगल नगरपालिकामा भने कांग्रेसका धनबहादुर विष्ट विजयी भएका थिए । उनीसँग पराजित धनबहादुर बोहरा अहिले एकीकृत समाजवादीको जिल्ला उपाध्यक्ष छन् ।पहिलो निर्वाचनमा हार बेहोरे पनि यसपटक फेरि पनि समाजवादीले बोहरालाई नै बुंगल नगरपालिकाको मेयरमा अगाडि सार्ने तयारी गरेको छ । तर, गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्रले नेकपा एसको दाबी स्वीकार्ने सम्भावना न्यून छ ।

अघिल्लो स्थानीय निर्वाचनमा थोरै मतले हार बेहोरेको कांग्रेसले जयपृथ्वी नगरपालिकामा आफ्नो दाबी नछोड्ने देखिन्छ । साथै, प्रभावशाली नेता नरेशबहादुर सिंहको पालिका बुंगलमा पनि कांग्रेसले आफ्नो दाबी छोड्ने सम्भावना कम छ ।

केदारस्युँ गाउँपालिकामा भने कांग्रेस र माओवादीले समाजवादीलाई नै सहमति दिनसक्ने सम्भावना छ । छबिसपाथिभेरा गाउँपालिकाको नेतृत्व भने आफूहरूले पाउनुपर्ने भन्दै माओवादीले दाबी गर्दै आएको छ । अघिल्लो निर्वाचनमा छबिसपाथिभेरामा माओवादी दोस्रो भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]