
सप्तरी – शंकास्पद अवस्थामा भारत जान लागेका चारजना नेपाली महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाहीको सीमा नाका भएर भारत जान लागेका ती महिलालाई सोधपुछ गर्दा शंकास्पद जवाफ दिएपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले बताएको छ।
बिओपी त्रिभुवननगरले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरुलाई थप सोधपुछ तथा परामर्शका लागि माइती नेपाल सर्लाहीका इन्चार्ज अमित यादवलाई जिम्मा लगाइएको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए।