१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ३०, २०७८

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन विपलब्वलाई देखाएर स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्।

नेकपा एमाले लालितपुरले मंगलबार आयोजना गरेको कार्यक्रमलाइ साम्वोधन गर्दै पूर्व प्रकानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकार स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्रमा लागेको आरोप लगाएको हो।

सोही क्रममा अध्यक्ष ओलीले विप्लवलाई चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न आग्रह समेत गरे । ‘शेरबहादुरजी चुनाव रोक्ने षडयन्त्रमा लागि सक्नुभयो, मलाई थाहा छ । प्रचण्ड, माधव नेपालहरु लागि सक्नुभयो । अहिले विप्लवलाई अगाडि सार्नुभएको छ । विप्लवका राजनीतिक कार्यकर्ता रिहा गर, चुनावमा भाग लिने वातावरण बनाऊ । तर त्यस बहानामा वा कुनै पनि बहानामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्न मिल्दैन’ उनले भने।

अध्यक्ष ओलीले चुनाव सारेर स्थानीय तहलाई रिक्त बनाउने २०५९ सालमा आफूले गरेको गल्ती नदोहोर्‍याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । स्थानीय तहको निर्वाचन सारे देशको हितविरुद्ध हुने उल्लेख गर्दै अध्यक्ष ओलीको त्यो आफ्नो पार्टी र नेपाली जनतालाई सह्य नहुने बताए।

अध्यक्ष ओलीले माओवादी केन्द्रको भाँडो रित्तिएर बिर्को मात्रै बाँकी रहेको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]