२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ३०, २०७८

भारत – दक्षिण भारतीय सुपरस्टार राम चरण र जूनियर एनटीआर स्टारर् एसएस राजामौलीको ‘आरआरआर’ले विभिन्न कीर्तिमान बनाएको छ, तोडेको छ।

विश्वव्यापी १ हजार करोड कमाइ गर्ने तेस्रो फिल्म बनेको आरआरआर कोरोनापछि सबैभन्दा बढी कमाउने फिल्म बनेको छ।

यसैबीच बलिउड अभिनेता सलमान खानले बलिउडका सिनेमाहरू दक्षिणमा किन नचल्ने भन्दै प्रश्न गरेका थिए। सलमान खानले पनि ट्वीट गर्दै भनेका छन्, ‘मलाई राम, राजामौली र तारकको काम मनपर्छ तर साउथमा हाम्रा फिल्म किन कदर गरिदैन?’

यस विषयमा राम चरणले आफू पनि बलिउडमा काम गर्न इच्छुक रहेको प्रतिक्रिया दिएका छन्। ‘मलाई हिन्दी फिल्मको निर्देशक चाहिएको छ, जसले दक्षिणलाई पनि पूर्ति गर्ने प्यान इन्डिया फिल्म बनाउँछ,’ उनले अगाडि भनेका छन्, ‘सलमानजीको कुरा एकदम स्पष्ट र इमान्दार छ, तर मलाई विश्वास छ कि यो उनको दोष वा कुनै फिल्मको दोष होइन। हाम्रो फिल्म यता पनि हेरिनुपर्छ र उता पनि हेरिनुपर्छ, यी सबै कुराको सीमाहरु निर्देशकले उठाउनुपर्छ।’

उनले हरेक लेखकलाई विजयेन्द्र प्रसाद (आरआरआर) अर्थात् राजामौलीले जस्तो फिल्महरू लेखिनुपर्ने भन्दै यसमा विश्वास गर्नुपर्ने बताए।

‘पक्कै पनि म बलिउडका कलाकारसँग काम गर्दै एउटा भारतीय फिल्म बनाउन चाहन्छु, म चाहान्छु कि निर्देशकहरूले दक्षिणबाट प्रतिभा खोजेर ठूला फिल्महरू बनाउन्,’ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]