
भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ कावा खोलामा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बासिखोरातर्फ इँटा लिएर जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार रामप्रसाद राई गाउँपालिका–७ का २० वर्षी जेवी राईको मृत्यु भएको हो । तीव्र गतिका कारण राति १० बजेतिर दुर्घटनामा परेको ट्याक्टर सडकबाट अन्दाजी दुई सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा आज (बुधबार) बिहान २ बजेतिर मृत्यु भएको हो । दुर्घटनापछि फरार बनेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।