
प्रदेश १ सहित मुलुकका तीनवटा प्रदेशका केही भागमा आज (बुधबार) हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यी तीन प्रदेशको मौसम दिउँसो आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान मुलुकका अधिकांश भू–भागमा आंशिक बदली रहने छ ।
राति प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।