३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

काठमाडौं – आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले तत्काल विदेशी ऋण नतिर्ने घोषणा गरेको छ ।

श्रीलंकाको केन्द्रीय बैंकले इन्धन लगायत अत्यावश्यक वस्तुहरु आयातका लागि आवश्यक विदेशी मुद्रा सञ्चित गर्न अन्तरिम अवधिका लागि वैदेशिक ऋणको सावाँ व्याजको भुक्तानी रोक्ने घोषणा गरेको हो ।

कर कटौती र कोभिड–१९ महामारीले पर्यटन निर्भर अर्थतन्त्रलाई नराम्ररी असर पुर्‍याएको
श्रीलंकामा इन्धन, बिजुली, खाद्यान्न र औषधि अभाव विरुद्ध एक महिनाभन्दा बढी समयदेखि सडकमा आन्दोलन भइरहेको छ ।

‘हामीले अत्यावश्यक वस्तु आयातमा ध्यान केन्द्रित गर्नु जरुरी छ । अहिले बाह्य ऋण तिर्नु आवश्यक छैन,’ श्रीलंकाका केन्द्रीय बैंकका गभर्नर पी. नन्दलाल वीरसिङ्घेले भनेका छन्, ‘यो यस्तो विन्दुमा पुगेको छ कि विदेशी ऋण तिर्न एकदमै चुनौतीपूर्ण र असम्भव छ ।’

वीरसिङ्घेले ऋणदातासँगको सम्झौता र अन्तिर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको ऋण कार्यक्रम सहयोग नआएसम्म विदेशी ऋण नतिर्ने बताएको रोयटर्यले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

श्रीलंकाले सोमबार आपतकालीन ऋणका लागि विश्वव्यापी ऋणदातासँग औपचारिक वार्ता सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]