३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

काठमाडौं – गएको एक वर्षमा विभिन्न प्रकारका प्राकृतिक विपद्मा परेर ५०४ को मृत्यु भएको छ । ०७८ वैशाख १ देखि चैत २९ सम्म विपद्का प्रमुख घटनामा उनीहरूको ज्यान गएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रिपोर्टले यस्तो जानकारी दिएको हो ।

प्राधिकरणको रिपोर्टकाअनुसार एक वर्षमा ७६ जना बेपत्ता भएका छन् । विशेषगरी प्राधिकरणले १५ शीर्षकमा दुघर्टनाका रिपोर्ट सार्वजनिक गरी घटनाबारे जानकारी दिएको हो । जसमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ्ग, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी, जनावर आतंक, महामारी, हिउँ हुरी, हिम पहिरो, लेक लाग्नु, डुंगा पल्टेर र भूकम्प रहेका छन् । यी शीर्षकमा ३ हजार ८९६ घटना घटेका छन् ।

यसैगरी, १ हजार ७७७ मानिस यी दुघर्टनामा परी घाइते भएका छन् भने यी घटनाहरूबाट ६ हजार १२९ परिवार प्रभावित भएका छन् । यसवर्ष सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । जसमा २ हजार ३६३ घटना घटेको तथ्यांक छ ।

सबैभन्दा बढी परिवार २ हजार ८४० पनि आगलागीकै घटनाबाट प्रभावित भएका छन् । भूकम्प र महामारी शीषर्कमा दुई/दुुई वटा घटना घटेका छन् भने मृत्यु हुनेमा सबैभन्दा बढी पहिरो रहेको छ । पहिरोका ३४४ घटनामा १८२ जनाको ज्यान गएको छ । यी सबै प्राकृतिक विपतबाट २ अर्ब ६१ करोड भन्दा बढीको क्षतिको अनुमान गरिएको छ ।

नेपाल वर्षको १२ महिना नै रोगव्याधिदेखि प्राकृतिक विपत्तिको जोखिममा रहेकाले विपद् अघिको पूर्व तयारीमा लाग्नुपर्ने प्राधिकरणका सीईओ अनिल पोखरेलले बताए । उनले प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न प्राधिकरणले पूर्व तयारी, विपद्को सामना र विपदपछिको व्यवस्थापनमा रणनीतिक रूपमा अघि बढेको जानकारी दिए ।

चैत वैशाखमा हावाहुरीको समय हुुँदा अहिले घर तथा जंगलमा आगलागीका घटना बढिरहेको जिकिर गर्दै उनले भने, “घटना मात्रै नभई विपद् अगाडिका पूर्व तयारीका कुराबारे आम मानिसलाई जानकारी दिनुपर्छ । यसका लागि मिडियाको सहकार्य पनि महत्वपूर्ण रहन्छ ।”

प्राधिकरणले विपद्बारे जानकारी दिन विपद् पोर्टल सञ्चालन गरिरहेको छ । यस्तै, प्राधिकरणले वर्षा र बाढीबारे थाहा पाउन ११५५ र उद्धारका लागि मद्दत माग्न ११४९ टोल फ्री नम्बर सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]