११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

मस्को – प्रमुख रुसी विपक्षी राजनीतिज्ञ तथा राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भ्लादिमिर कारा मुर्जा मस्कोस्थित उनको घर बाहिरबाट पक्राउ परेका छन् । उनका वकिल वादिम प्रोखोरोभले कारामुर्जालाई मंगलबार राति प्रहरी हिरासतमा राख्ने तयारी गरिएको बताए ।

मुर्जालाई एक प्रहरी अधिकारीको कानुनी आदेश पालना नगरेको आरोप लगाइएको छ । यसबाट उनलाई १५ दिनसम्म जेल सजाय हुन्छ ।

यसबारे अन्य कुनै विवरणहरु उपलब्ध गराइएको छैन तर ४० वर्षीय मुर्जाले बारम्बार युक्रेनमा रुसको सैन्य हस्तक्षेपको आलोचना गर्दै आएका थिए र अन्य रूसी प्रमुख विपक्षी व्यक्तिहरूसँग युद्ध विरोधीसमिति सुरु गरेका थिए ।

कारा-मुर्जा विपक्षी नेता बोरिस नेम्त्सोभ नजिकका पूर्वपत्रकार हुन् । बोरिस नेम्त्सोभको सन् २०१५ मा क्रेमलिननजिकै हत्या गरिएको थियो । त्यसपछि पूर्वअर्बपति मिखाइल खोडोरकोभस्की पुटिनको आलोचक बने ।

उनले सन् २०१५ र २०१७ मा रहस्यमय विषाक्त आक्रमणबाट बाँचेको बताउँछन् । यसका बावजुद पनि उनी रुसमै बसे । गत वर्ष विपक्षी नेता एलेक्सी नाभाल्नी जेल परेपछि त्यहाँका धेरै विपक्षीहरुले निर्वासन रोजेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]