२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

​​​​​​​सशस्त्र प्रहरी बल बिओपी (बोर्ड आउट पोस्ट) रानीले सीमावर्ती क्षेत्रबाट मानव काङ्कलसहित चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई पक्राउ गरेको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत भारतीय विद्यार्थीलाई नेपालबाट भारततर्फ जाँदै गर्दा सशस्त्र प्रहरीको टोलीले मानव शरीरका हड्डीसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेका अनुसार नाकामा चेकजाँच गर्दा भारत बिहारको पूर्णिया नगर पञ्चायतका २६ वर्षीय आदित्य सिन्हा पक्राउ परेका हुन् । सिन्हा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत विद्यार्थी हुन् । उनी सन् २०१६ मा प्रतिष्ठानमा भर्ना भएका थिए ।

उनको साथबाट एउटा मानिको सिङ्गो शरीरको हड्डी बरामद भएको लामिछानेले बताए । पढाइ सकेर घर फर्किएका सिन्हाको झोलाभित्र प्रहरीले मानव खप्पर एउटा, खुट्टाको हड्डी, हातको हड्डी, करङ, बङ्गराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाड, औँला र कुर्कुच्चाको हड्डी बरामद भएको हो । सिन्हाले भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बङ्गारा, घाँटी र हिपको हड्डी एक/एकवटा, काँधको हड्डी दुई, खुट्टाको नली हड्डी तीन, हातको हड्डी ६, करङ सात, ढाड, औँला र कुर्कुच्चाको हड्डी बरामद भएको एसपी लामिछानेले बताए ।

पक्राउ परेका सिन्हाले आफूले अग्रज विद्यार्थीबाट अध्ययनका लागि मानव कङ्काल लिएको बताएका छन् । पढाइ सकेपछि अध्ययनका लागि आफूले लिएको सामग्री घर नै लगेको उनले बताए । उनले मानव काङ्कल लगेको विषयमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई जानकारी छैन ।

‘एमबिबिएस अध्ययनका लागि यी सामग्री लिएको थिएँ,’ उनले भने, ‘सामान लिएर आउँदा कलेजलाई जानकारी गराइनँ ।’ उनको साथबाट भेटिएको मानव हड्डीहरूमा साना अक्षरले लेखिएको छ । अध्ययन प्रयोजनका लागि लेखिएको हड्डीहरू अध्ययनकै लागि घरतर्फ लगेको उनले बताए ।

नाकाबाट पक्राउ परेका सिन्हालाई सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीका अनुसार मानव अङ्गको ओसारपसारमा कानुनी प्रतिबन्ध छ ।

‘कानुनले प्रतिबन्ध लगाएको मानव अङ्ग नेपालबाट भारततिर लग्दै गरेको अवस्थामा बरामद गरिएको हो,’ उनले भने, ‘ओसारपसारमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।’

सशस्त्रले गत असोज १८ गते विराटनगर–१५ बाटै मानव अङ्गजस्तो देखिने वस्तु बरामद गरेको थियो । भारतबाट नेपाल प्रवेश गरेको को२च ९६४८ नम्बरको मारुती भेन खानतलासी गर्दा सशस्त्रले मानव खप्परका टुक्राजस्तो २८ थान र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० थान बरामद गरेको थियो ।

भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीविरुद्ध प्रहरीले त्यतिबेला अभद्र व्यवहार मुद्दा चलाएको थियो । उनीहरू धरौटीमा छुटिसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]