
डोटीस्थित सेती नदीमा नुहाउँदा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
केआई सिंह गाउँपालिका–६ भिताडीका ६० वर्षीय राम ताम्राकारको डुबेर मृत्यु भएको हो ।
शिखर नगरपालिका–२ मा प्रसिद्ध धार्मिकस्थल सालमुनीमा पूजा गर्न आएका उनको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीका अनुसार मङ्गलबार बिहान १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत भेटिएका थिए ।