१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

जनकपुरधाम – जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ९ घर भई हाल जनकपुरधाम वडा नम्बर ४ बस्ने ३० वर्षीय ईन्द्रेश कुमार सिंह र महोत्तरीकै मनरासिस्वा नगरपालिका वडा नम्बर १ घर भई हाल जनकपुरधाम वडा नम्बर ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेक कुमार सिंह छन् ।

ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई हातहतियार साथमा बोकी रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको अवस्थामा शनिबार १ बजे राति उनीहरूलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको सादा पोसाकको प्रहरी टोलीले चेकजाँचको क्रममा इन्द्रेशले आफ्नो बाँया साईडको कम्मरमा पेन्टको वेल्टभित्र लुकाएर राखिएको अवस्थामा अटोमेटिक पेस्तोल फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । पक्राउ परेका दुवै जनामाथि हातहतियार तथा खरखजाना मुद्दा शिर्षकमा १० दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]