२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

बर्दीवास – जनता समाजवादी पार्टी नेपालको दोश्रो मधेश प्रदेश परिषद बैठक सोमवार वर्दीवासमा सम्पन्न भएको छ । आउदो बैशाख ३ गते हुन लागेको स्थानिय निर्वाचनमा जसपा नेपालको हरेक पालिकाहरुमा वढी मत ल्याई विजय गराउने उद्देश्यले बैठक सम्पन्न भएको हो ।

मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवको अध्यक्षतामा एवं पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा निर्वाचनमा कार्यकर्ता परिचालन तथा पार्टीको महत्वपूर्ण कायनीति तर्जुमा गरी तुरन्त कार्यावयन गरिने निर्णय गरिएका छन् ।

बैठकमा प्रदेशका प्रत्येक जिल्लाको पालिकाहरुमा बैशाख ५ गते भित्र निर्वाचन परिचालन समिति परिचालन गर्ने, प्रत्येक जिल्ला, पालिका र वडा स्तरीय प्रचारप्रसार समिति गठन गरी बैशाख ४ गते भित्र गने, निर्वाचन कार्यालय समन्वय गर्न प्रत्येक पालिकामा सम्पर्क ब्यक्ती तोक्ने, जिल्ला तथा पालिकाहरुमा पार्टी कार्यालय संचालन गरी पार्टीको एक जना जिम्मेवार ब्यक्ति कार्यालयमा राख्नु पर्ने, सबै सम्पर्क कार्यालयमा इन्टरनेटको अनिवार्य व्यवस्था गर्ने, सबै पालिकाहरुमा महिला तथा यूवा स्वमसेवक परिचालन समिति गठन तथा परिचालन गर्ने, जिल्ला स्तरीय प्रशिक्षण टोली निर्माण गर्ने, सामाजिक संजाल संचालनको टोली निर्माण गर्ने र पार्टी तथा उम्मेदवारको बारेमा लेख्न लगाउने, मिडिया बनाई सामाजिक संजालमा ग्रुप परिचालन गर्ने, पालिका तथा वडा स्तरीय चुनावी कोण सभाहरुको आयोजना गर्ने र प्रत्येक पालिका स्तरीय साँस्कृतिक टोली निर्माण गरि परिचालन गर्ने निर्णयहरु पारित गरेको कुरा बैठकमा सहभागी प्रदेश कमिटि सदस्य दिनेश कुमार यादवले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]