
काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजदेखि पुनः सुरु भएको छ ।
पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम सुरु गरेसँगै अवरोध हटेपछि फोहर व्यवस्थापनमा सहज कार्य सुरु भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
पासाङल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि उपत्यकाको फोहोर उठ्न सकेको थिएन् । फोहर व्यवस्थापनका लागि समय निर्धारण गरिएको छ ।
राति १० बजेदेखि बिहान आठ बजेसम्म मात्र फोहरको गाडी सिसडोल जान पाउने छ । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहर व्यवस्थापन रोकिएको थियो