२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २८, २०७८

काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षित सामाग्री वितरण गरेको छ । बेलकोटगढि नगरपालिकाको कल्याणिदेबि माध्यामिक बिद्यालयका ६० जना, बागेश्वरी प्राथमिक बिद्यालयका ५० जना त्यस्तै बिदुर नगरपालिकाको आगापुटार स्थित शुलक्षणा माध्यमिक बिद्यालयका १०८ जना बिद्यार्थिहरु लाभान्वित भएका हुन् ।

त्यस्तै, रसुवाको उत्तरगया गाउपालिका मनिगाउँ स्थित भुवनेश्वरी आधारभूत बिद्यालयका ५२ जना विद्यार्थीहरुले आइतबार र सोमबार प्रति विद्यार्थी एक दर्जन कापी, पेन्सिल र झोला शैक्षिक सामाग्री वितरण गरिएको हो। कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थिहरुको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा बिभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुर्याउँदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरु गर्दै जाने बताए । मेरोमाइक्रोफाइनान्स नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब २ लाख भन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई सामाजिक तथा आर्थिक कृयाकलापमा सहयोग पुग्ने उद्देश्यका साथ बिभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]