३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २८, २०७८

सप्तरी – अर्थमन्त्री जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। आज अपरान्ह ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ।

अर्थमन्त्री शर्माले मुलुकको आर्थिक अवस्थालगायत विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गर्न लागेको बताइएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले आइतबार पत्रकार सम्मेलन गरेर मुलुकको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गरेको थियो।

पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाको उपस्थितिमा आइतबार एमालेले पत्रकार सम्मेलन गरेको थियो। एमालेले मुलुकको आर्थिक अवस्था बिग्रनुमा अर्थमन्त्रीको दोष भए पनि गभर्नरलाई निलम्बन गरिएकोमा आपत्ति जनाउँदै आएको छ।

गभर्नर महाप्रसाद अधिकारीलाई गत बिहीबारको मन्त्रिपरिषद बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो। त्यसपछि सरकारको व्यापक आलोचना हुँदै आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]