१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २८, २०७८

काठमाडौं – नेपालमा विदेशी फिल्मको प्रदर्शनमा कडाइ गर्नुपर्ने प्रावधान लागू हुनुपर्ने माग राख्दै चलचित्र विकास बोर्डमा ९ बुँदे मागपत्र बुझाइएको छ । फिल्म निर्देशक, प्राविधिक र निर्माता गरी सय जनाभन्दा बढीको हस्ताक्षरसहितको मागपत्र आइतबार बोर्ड अध्यक्ष दयाराम दाहाललाई बुझाइएको हो ।
फिल्म विधेयक २०७७ लाई संसदबाट अनुमोदन गरेर चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनुपर्ने र राष्ट्रिय चलचित्र नीति २०७१ लाई हुबहु लागू गर्न उच्चस्तरीय राष्ट्रिय चलचित्र नीति कार्यान्वयन तथा अनुगमन समिति गठन गर्नुपर्ने माग गरिएको छ ।

विदेशी फिल्मलाई नेपालमा प्रदर्शनको लागि कोटा प्रणाली लागू गर्नुपर्ने, विदेशी तथा नेपाली भाषामा डबिङ गरी फिल्म रिलिज गर्ने नीतिगत निर्णय रोक्नुपर्ने, विदेशी फिल्मको भन्सार १५ प्रतिशत कायम गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।

विदेशी फिल्म प्रदर्शनलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएका सिनेमा हललाई दिएको छुट खारेज गर्नुपर्ने, विदेशी फिल्मको सेन्सरमा कडाइ गर्नुपर्ने, नेपाली मौलिक कथामा बनेका फिल्मलाई प्रदर्शनको लागि विशेष व्यवस्था गर्न समेत माग गरिएको छ ।

फिल्म निर्देशक शोभित बस्नेत, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्माता उदय सुब्बा लगायतले बोर्डमा पुगेर मागपत्र बुझाएका हुन् । ‘भविष्यको चिन्ता भएका हामी चलचित्रकर्मी बोर्डमा पुगेर मागपत्र बुझाएका हौं,’ पत्र बुझाएपछि निर्देशक बस्नेतले अनलाइनखबरलाई भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]