१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २८, २०७८

काठमाण्डाै – भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेकोे लिच्छविकालीन बिस्केट जात्रा हिजोदेखि सुरु भएको छ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भइ नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ।

परापूर्वकालदेखि चलिआएको प्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्रले लैजान सके क्वाछेँ, साकोथा, सुकुलढोका, गोलमढी, दत्तात्रयसम्म पुर्याइ फर्काउने प्रचलन छ ।
रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्याएपछि जात्राको पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ । जात्राको क्रममा यो महिनाको मसान्तमा लिङ्गो उठाइनेछ ।

चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवमा गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ ।

यो महिनाको मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुकी लिङ्गो ढाल्ने परम्परा छ ।

त्यस्तै, भक्तपुरको कुम्हा टोलमा आउँदो ३० गते हात नभएको लिङ्गो ठड्याउने गरिन्छ । हात नभएको लिङ्गो आउँदो वैशाख ५ गते ढालेपछि यस वर्षको भक्तपुरको बिस्केट जात्रा सकिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]