१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २७, २०७८

पर्सा – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले श्रीमतीलाई आफ्नो गाउँपालिकाको उपाध्यक्ष बनाउन खोजेपछि गत स्थानीय तहको निर्वाचनमा जगरनाथपुर गाउँपालिका जितेकी बीसमिला खातुनले पार्टी परित्याग गरेकी छिन् ।

जगरनाथपुर गाउँपालिकाका स्थायी बासिन्दा मुख्यमन्त्री राउत वीरगञ्ज महानगरपालिका वडा नं १३ मा बसोबास गर्दै आएका छन् । सो वडाका निवासी जसपा वीरगञ्ज महानगरका उपाध्यक्ष शेख रुस्तम पनि पार्टी परित्याग गरी नेपाली कांग्रसमा प्रवेश गरेपछि जसपाको हाल बेहाल भएको छ ।

वीरगञ्ज महानगरपालिकाभित्र यसअघि मुख्यमन्त्री राउतको पार्टीबाट निर्वाचित भएका मेयर विजयकुमार सरावगी जसपा छोडेर नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।

गठबन्धनको बैठकमा वीरगञ्ज महानगर आफ्नो पार्टीले जितेको भनेर दाबी गर्दै आएको जसपा वर्तमान स्थितिमा पर्सामा अत्यन्त कमजोर अवस्थामा रहेको छ।

यस्तो परिवेशमा गठबन्धनको नाममा कांग्रेसले आफ्नो दावी छोड्नुको कुनै तुक नरहेको कांग्रेस पर्साका उपाध्यक्ष रामनारायण कुर्मीको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]