१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २७, २०७८

सप्तरी – नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल गुरागाईँमाथि धनकुटास्थित घरैमा धारिलो हतियार खुर्पा प्रहार गरिएको छ।

शनिबार मध्यान्ह १२ बजेको समयमा धनकुटा नगरपालिका-६ आत्मरास्थित निवासमै ७५ वर्षीय गुरागाईंमाथि छिमेकीले खुर्पा हानेका हुन्।

उनलाई छिमेकी २३ वर्षीय दिनेश पोखरेलले खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कारयालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले बताएका छन्।

गुरागाईंमाथि खुर्पा हान्ने पोखरेललाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। पोखरेलले प्रारम्भिक बयानमा गुरागाईंको ज्यान लिने उद्धेश्यले खुर्पा हानेको बताएका छन्।

प्रहरीका अनुसार गुरागाईंलाई खुर्पा हान्ने युवा मानसिक तनावमा परेर डिप्रेसनको औषधि लिइरहेका थिए। प्रहरीले मानसिक बिरामीको सामना गरिरहेका पोखरेललाई कसैले उकासेर खुर्पा हान्न लगाएको हुनसक्ने जनाएको छ।

खुर्पा प्रहारबाट घाइते गुरागाईंको आँखामाथिको भागमा गहिरो चोट लागेको छ। उनलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]