१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २६, २०७८

काठमाडौं – नेपालमा कोरोना भाइरसका अझै छ सय ३७ सक्रिय संक्रमित रहेका छन् । शनिबार पीसीआर परीक्षणबाट १२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२ हजार ५३९ जनाको पीसीआर परीक्षणबाट १२ संक्रमित पाइएका हुन् । त्यस्तै १६ सय १६ एन्टिजेनबाट १ जना थपिएको मन्त्रालयले जनाएको छ ।

तर मन्त्रालयसँग एन्टिजेनको तथ्यांक स्पष्ट छैन । उसले आफैले नागरिकले यसको परीक्षण गर्न सक्ने भएकाले तथ्यांक सही आउन नसकेको जनाएको छ ।

यसबाट हुने संक्रमितकोसमेत यकिन हुन सकेको हुँदैन । पीसीआर परीक्षणबाट संक्रमित भएका छ सय ३७ जना अझै सक्रिय संक्रमित छन् ।

जसमा काठमाडौंमा १०६, ललितपुरमा ८७ तथा भक्तपुरमा २ जना सक्रिय संक्रमित छन् ।

शनिबार ४४ जना संक्रमणमुक्त भएका छन् । अहिले संस्थापक आइसोलेसनमा २४ जना रहेका छन् । त्यस्तै ११ जना आईसीयूमा तथा एक जना भेन्टिलेटरमा रहेका छन् ।

अहिलेसम्म नेपालमा ११ हजार ९५१ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]