१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २६, २०७८

सप्तरी – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ टेंग्रीका ४५ वर्षीय डम्बर यादवलाई आकाशमा कालो बादल देख्नेबित्तिकै होसहवास उडेजस्तो हुन्छ। हावाहुरीसहित पानी पर्‍यो भने बालबालिकासहित परिवारलाई कसरी जोगाउने भन्ने चिन्ताले उनलाई सताएको छ । अहिले सपरिवार सानो त्रिपालको भरमा बस्दै आएका छन्। उनीसहित ११ परिवारको यस्तै समस्या छ। गत फागुन २८ गते राति डम्बर यादवको घरबाट सल्केको आगोले ११ परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो।

स्थानीय डम्बर यादवको चार, दिनेश यादवको तीनवटा घर र एउटा गोठ, फुलदेव यादवको दुईवटा घर र एउटा गोठ, भोला यादवको तीन घर र एउटा गोठ, मनोज यादवको दुईवटा घर र एउटा गोठ, श्याम यादवको एउटा घर जलेर नष्ट भएको थियो। दैनिक ज्यालादारीबाट बिहान–बेलुकीको छाक टार्दै आएका उनीहरू आगलागीपछि बिचल्लीमा छन्।

यता विपत् व्यवस्थापन समितिका संयोजकसमेत रहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आगलागी पीडितलाई प्रारम्भिक चरणमा मलमपट्टीका लागि जनही १२ हजार रुपैयाँ उपलब्ध गइराएको बताए। प्रजिअ गौतमले घर निर्माण गर्न गाउँपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए। चाँडै नै निर्माण कार्य सुरु गरिने गौतमले बताए।

अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले घर निर्माण कार्य छिट्टै सुरु गरिने बताए। सबै पक्रिया अन्तिम चरणमा रहेको उनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]