१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २६, २०७८

सिन्धुपाल्चोक – सुनको गरगहना चम्काउने बहानामा कम तौलको बनाइ ठगी गरेर लामो समयदेखि फरार भएका दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले ठगी धन्दामा संलग्न भएको आरोपमा भारतको विहार राज्यका २१ वर्षे राजाकुमार साह र २४ वर्षे अनिल साहलाई नियन्त्रणमा लिएको बताए ।

गत २२ गते साहद्वयले मेलम्ची नगरपालिका–१ चाङ्ख टोलका मानबहादुर तामाङसहित ८ जनाको घरबाट सुनचाँदी गरहगना र तामाको पित्तलका भाँडा चम्किलो बनाइदिने भन्दै ठगेका थिए । त्यही बहानामा कम तौलको बनाएर सरसफाइ गरेर फिर्ता गरेर उनीहरू फरार भएका थिए ।

‘घटनाको सूचना पाएलगत्तै प्रहरी यी दुई फरार भारतीयको खोजीमा संलग्न थियो, २३ गते नै इन्द्रावती–४ नवलपुर बजारमा दिउसो फेला पार्‍यौं,’ बस्नेतले भने ।

दुई भारतीयलाई नियन्त्रणमा लिई खानतलासी गर्दा भाँडाकुडा र सुनचाँदीका गरगहना सफा गरी संकलन गरेको पानी र रसायन फेला परेको उनले प्रष्ट्याए । दुवैलाई जिल्ला अदालत चौताराबाट दस दिनको म्याद अनुमति दिएर थप अनुसन्धान अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]