१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र २५, २०७८

पाल्पा – सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता शुरू भएको छ। रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता बिहबिार छ खेल सम्पन्न भएका छन्। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बिच भलिबलको उद्घाटन गर्दै रानीमहल बिच भलिबलको राजधानी बनाउन सकिने बताए।

खेलकुदको राम्रो सम्भावना बोकेको रानीमहल क्षेत्र बिच भलिबलको हब बनाउन सकिने सचिव रेग्मीले बताए। कार्यक्रममा तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउन सकिने बताए।

महिला बिच भलिबलका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार प्राप्त गर्नेछन्। प्रतियोगितामा तेस्रो हुनेलाई टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले रु ३० हजार नगद पुरस्कार दिने घोषणा गरे।

हीबारदेखि सुरु खेलमा आज चार खेल हुनेछन्। चारवटा क्वार्टर फाइनलका खेल हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवाले बताए।

पहिलो खेल सशस्त्र प्रहरीको एपिएफ र लुम्बिनीबीच हुनेछ। दोस्रो क्वार्टर फाइनल सुदूरपश्चिम र बागमतीबीच हुने छ भने तेस्रो नेपाल पुलिस क्लब र कर्णालीबीच हुनेछ। चौथो खेल गण्डकी र प्रदेश नं १ बीच हुने आयोजक सञ्जय स्मृति प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]