१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र २५, २०७८

काठमाडौं – कैलालीको गोदावरी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

गए राति करिब सवा ९ बजे सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से४प ४७३० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका १११ नम्बरका मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ३० वर्षीय पुरनकुमार मडै र अर्का मोटरसाइकल चालक कञ्चनपुरकै कृष्णपुर नगरपालिका–५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गए राति सवा १० बजे मृत्यु भएको जनाइएको छ ।

घाइते भएका दुवै मोटरसाइकलमा पछाडि सवार व्यक्तिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]