१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

सिरहा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आउने निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा नलिन आग्रह गरेको छ । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दहालले यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर तपाई हामिले पाएको अधिकारकारको रक्षा गर्ने र थप अधिकारको लागि लडाई लड्ने अभियान भएको बताए ।

राजावादीहरु एक जुट हुन खोजिरहेकाले अझै पनि यो संविधान सुरक्षित नभएको भन्दै अध्यक्ष दहालले संविधानमास्ने खेल भईरहेकोले सचेत हुनुपर्ने बताए । अझै यो संविधान उल्टाउने शक्तिहरुको साँठगाठ बढिरहेको भन्दै दाहालले भने, ‘अहिले पनि पूर्व राजावादीहरु, जो आजपनि राजावादी नै हुन, र केपी ओली नेतृत्वको एमाले सरसल्लाह गर्दै छ, उनीहरु यो संविधान उल्टाउने कसरतमा छन् ।’त्यसैले यो निर्वाचन ‘नेपालीहरुको आत्म सम्मानको रक्षा गर्ने, प्रतिकृयावादीहरुलाई पररास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षागर्ने, समानता र आत्मसम्मानको रक्षागर्ने ? या प्रतिकृयावादीलाई छोडदिने भन्ने लडाई हो; अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले त्यसैपनि यो निर्वाचनलाई समान्य निर्वाचनको रुपमा नभई न्याय र अन्यायको विचको, प्रतिकान्ति र क्रान्ति विचको, प्रतिगमण र अग्रगमन विचको, मधेसी समुदायको हक अधिकार अझ थप्ने वा खोस्नेको विचको लडाईको रुपमा लिनु पर्ने औल्याए ।

सोही क्रममा दहालले भने, ‘ अधिकार खोसीने र फेरी देश अराजकतामा जाने र पचासौं वर्ष फेरी अधिकारको लागि लड्नु पर्ने अझै अवस्था टरिसकेको छैन ।’

उनले माओवादीकै कारण देश यहाँसम्म आई पुगेको जिकिर गरे । उनले भने, ‘त्यस कारण मैले जनयुद्ध, १२ बुधे सम्झौता, शान्तिसम्झौता, संघिय लोकतन्त्रको घोषणा, संविधानसभा निर्वाचन, निर्वाचनबाट जुन समृद्ध नेपालको सपना देखेर मेरो ठाउँबाट, मेरो पार्टी र म अध्यक्ष भएको हैसियतले धेरै त्याग तपस्या गरेर यहाँ सम्म नेपाल आई पुगेको छ ।’

अध्यक्ष दहाले अहिले आफू प्रतिकृयावादीहरुको लागि घाटीमा अल्झेको हाडजस्तै भएको भन्दै मेरो चरित्रहत्यामा उत्रिएको बताए । उनले भने, ‘अहिले माओवादी केन्द्र, त्यसको नेतृत्व मूख्यतः प्रचण्ड प्रतिकृयावादीहरुको लागि बडो गाह्रो परेको छ । उनीहरु अहिलेपनि कसरी माओवादीलाई खुम्च्याउन सकिन्छ ? प्रचण्डलाई घेरा हाल्न सहिन्छ होला ? त्यसैले उनीहरु भए नभएको कुरा गरेर मलाई ‘ह्यूमिलेट’ गर्न खोजी रहेको छ ।’

मन्तव्यकै क्रममा अध्यक्ष प्रचण्डले नेकपा एमाले त्यसमा पनि केपीओली मधेश विरोधी रहेको आरोप लगाए । उनले केपीओलीकै कारण संसदबाट नागरिक्ता विद्येयक पारित हुन नसकेको बताए ।
उनले भने, ‘मैले अध्यादेशबाटै भएपनि नागरिक्ता विद्येयक ल्याएर सधैको लागि नागरिक्ताको समस्या समाधान गरौं भने, तर अदालतले संसदबाट नै नागरिक्ता विद्येयक पारित गर्नु भन्ने आदेश दिएकाले गर्न सकिएन । आज नेकपा एमालले संसदलाई बन्धक बनाएर राखेको छ ।’

द्घाटन कार्यक्रममा शिक्षा तथा प्रविधि राज्य मन्त्री बोधमायाँ यादव, मधेश प्रदेशका आन्तरिक मामिला तथा सूचना मन्त्री भरत प्रसाद साह लगायतले मन्तव्य राखेका थिए । नगर अध्यक्ष श्रवण यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]