
सप्तरी – बिगत लामो समय देखि मैथिली क्षेत्रमा धुम मचाउदै आएका समीर खान मिथिला अन्चलमै लगातार तीन पटक अवार्ड जितेर ह्याटि्रकको उपाधी हासिल गर्न सफल भएका छन ।
आइतबार काठमाडांैं स्थित एभरेष्ट होटलमा आयोजित ५औं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक(निम)अवार्ड २०७८ बाट उनलाई सम्मान गरिएको हो ।
खानले मैथिली साङगितीक क्षेत्रमा गितकारको माध्यमबाट अमुल्य योग्दान गरेको भन्दै आयोजक संस्थाले उनलाई सम्मान गरिएको जनाइएको छ ।
बिगत एक दशक देखि सञ्चारक्षेत्रमा लागेका बहुप्रतिभाशाली खान बिदेशिभुमी मा रहेता पनि नेपालि तथा मैथिली म्युजिक इण्डस्ट्रिमा पनि एउटा सफल गितकारमा आफ्नो नाम बनाउन सफल भएका छन् ।
खानले अहिले सम्म नेपालि ,मैथिली र भोजपुरी मिलाएर सयौँ गित लेखिसकेका छन् भने लगभग २० वटा भन्दा बढी चर्चित गितहरुमा उन्लाइ राष्ट्रिय सम्मान समेत प्रदान प्रदान भैसकेको छ ।
खानले मिथिला अन्चलमै पहिलो पटक 2020/2021र 2022 गरि निम अवार्ड को पाँचौ सन्सकरण मिलाएर लगातार तीन बर्ष अवार्ड जितेर ह्याटि्रकको उपाधीमा नाम दर्ता गराएका हुन ।
निमले उनलाई “सम्झु प्रेमक इशरा ” गितका लागि अवार्ड प्रदान गरेको हो ।