
काठमाडौं – नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने र त्यसको छुट्टै नीति निर्माण,अध्ययनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरे ।
मन्त्री बडूले कोरोना महामारीले सिथिल बनेको अर्थतन्त्र पुनःचलायमान हुन थालेको र मुलुकको अर्थतन्त्रसँग जोडिएको मन्त्रालयका तात्कालिक र दिर्घकालीन समस्या एवं चुनौतिहरु सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । उनले आयात र निर्यातको चेन सन्तुलनका लागि तत्कालिन र दिर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने बताए ।
यसअघि मन्त्री बडूले कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।